गृह मन्त्रालयका २५ सहसचिवको सरुवा, १६ जिल्लाका सिडिओ फेरिए

बुधबार, १६ जेठ, २०८१
डिजिटल संस्करण

गृह मन्त्रालयले २५ सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ। जसमा १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन्। 

गृहले सुनसरीमा रामचन्द्र तिवारी, बर्दियामा रुद्रादेवी शर्मा, मकवानपुरमा तीर्थराज चिलुवाल, बर्दियामा अरुण पोखरेल, पाँचथरमा विष्णुप्रसाद कोइराला, पश्चिम नवलपरासीमा स्किम श्रेष्ठ, धादिङमा राजेन्द्रदेव पाण्डेलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाएको छ। 

चितवनमा इन्द्रदेव यादव, काभ्रेमा सूर्यप्रसाद सेढाई, इलाममा कल्पना श्रेष्ठ, सिन्धुपाल्चोकमा भूपेन्द्र थापा, भोजपुरमा नरबहादुर थापा, कञ्चनपुरमा नारायणप्रसाद सापकोटा, सर्लाहीमा गोपालप्रसाद अधिकारी, कास्कीमा भरतमणि पाण्डे र सप्तरीमा मेघबहादुर मंग्रान्तीले सिडिओको जिम्मेवारी पाएका छन्। 

यस्तै, कारागार व्यवस्थापन विभागको महानिर्देशकमा जयनारायण आचार्यलाई खटाइएको छ। 

Please wait while image is uploading...

सुझावित समाचार