सिटिजन्स बैंकको सञ्चालकमा शर्मा

सोमबार, १४ जेठ, २०८१
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालकमा इला शर्मा नियुक्त भएकी छिन् । शर्मालाई बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले पद तथा गोपनीयताको शपथग्रहण गराए । 

पूर्वनिर्वाचन आयुक्तसमेत रहेकी शर्माले त्रिभुवन विश्वविद्यालयबाट पब्लिक इन्टरनेसनल ल एन्ड ह्युमन राइट्समा एलएलएम तथा युनिभर्सिटी अफ हल युकेबाट पनि इन्टरनेसनल बिजनेस ल, इन्टरनेसनल ट्रेड एन्ड डेभलपमेन्टमा एलएलएम गरेकी छिन् ।

शर्मासँग अन्तर्राष्ट्रिय व्यापार, कानुन, जनसम्पर्क, शिक्षा र विकासलगायत क्षेत्रमा साढे तीन दशक काम गरेको अनुभव छ । साथै, उद्योग तथा वाणिज्य मन्त्रालय तथा विभिन्न परियोजनाका लागि राष्ट्रिय परामर्शदाताका रूपमा समेत काम गरेको अनुभव उनीसँग छ । 

सुझावित समाचार