प्रमुख प्रतिपक्षी दल कांग्रेसकाे नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतकाे प्रस्ताव पेस गरेका छन्।
साेमबारकाे प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसकाे नाराबाजीबीच चौथोपटक विश्वासको मतकाे प्रस्ताव पेस गरेका हुन्।
प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदले अवराेध जारी राखेका थिए। प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भई बैठक पुन: सुरु भयाे। सभामुख देवराज घिमिरेले नाराबाजीबीच नै प्रधानमन्त्रीलाई विश्वासकाे मतकाे प्रस्ताव राख्न समय उपलब्ध गराए।