बागमती प्रदेश सरकारले १४ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

आइतबार, ६ जेठ, २०८१
डिजिटल संस्करण

बागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । सभामुख भुवनकुमार पाठकले १४ गते सोमबार नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिने जानकारी दिए ।

बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न दलहरूको सहमति रहेको उनको भनाइ छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछन् ।

सभामुख पाठकले आजको प्रदेश सभा बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष ०८१/८२ को विनियोजित बजेटका सैद्धान्तिक पक्ष र योजनाको प्राथमिकताका विषयमा छलफल हुने बताए । बजेटको सैद्धान्तिक पक्षमा भोलि पनि छलफल हुनेछ ।     

 

सुझावित समाचार