रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बेइजिङमा भेट गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन संयुक्त रूपमा काम गर्ने इच्छा व्यक्त गरेका छन् ।
बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपल’मा भएको दुई शीर्ष नेताको उपस्थितिमा भएको बृहत् वार्ताका क्रममा चिनियाँ राष्ट्रपतिले दुई पक्षले कूटनीतिक सम्बन्धको ७५औँ वार्षिकोत्सवलाई नयाँ सुरुवातका रूपमा लिनुपर्ने बताए । यस अवसरलाई दुई मुलुकले विकास रणनीतिमा थप समन्वय गर्न र द्विपक्षीय सहयोगलाई बढाउन प्रयोग गर्नुपर्ने उनले बताए ।
सिह्न्वाको रिपोर्टअनुसार पुटिनसँगको भेटवार्तामा सीले रुस र चीनबीच सहकार्यका नयाँ योजना बनाउन तयार रहेको बताएका थिए । पछिल्लो समय रुस र चीन नजिकिँदै गएका छन् ।