कपडा छान्दा...

आइतबार, ३० बैशाख, २०८१
डिजिटल संस्करण

महँगा वा ब्रान्डेड कपडामा मात्रै स्टाइलिस देखिन्छ भन्ने होइन । सुपथ मूल्यमा पाइने कपडाले पनि स्मार्ट देखाउँछ । तर, शरीर सुहाउँहो कपडा लगाउन जरुरी छ ।आफ्नो स्किन टोनमा म्याच गर्ने कलर छान्नुपर्छ । कपडा छनोट गर्दा कम्फर्टेबल र कन्फिडेन्ट लाग्ने कपडा छान्नुपर्छ । 

लामो समय टिक्ने कपडा किन्नुपर्छ । स्टिचिङ, फ्याब्रिक र कपडाको सिलाईलाई राम्रोसँग हेरेरमात्रै छनोट गर्नुस् । जिन्स किन्दा उल्टो गरेर एकपटक भित्री भाग हेर्नुस् । त्यहाँ सिलाइएको भाग लुज देखिन्छ भने त्यस्ता कपडा धेरै टिक्दैनन् । टाइटसँग सिलाइएको कपडा टिकाउ हुन्छ । यस्तो कपडा सहजै किन्दा हुन्छ । 

तपाईंले आफ्नो कपडासँग म्याच गर्ने हेयर स्टाइल गर्नुपर्छ । त्यस्तै, छालाको स्याहार पनि गर्नुपर्छ । जुत्ता पनि कपडासँग म्याच गर्ने खालको किन्नुपर्छ । पातलो सोल भएका जुत्ता धेरै टिक्दैनन् । धेरैजसो कपडामा बाक्लो सोल भएका जुत्ता नै म्याच हुन्छ । 

घडी छान्दा स्लिम खालको छान्नुस् । यस्ता घडीले तपाईंलाई आकर्षक देखाउँछ । ब्रासलेट लगाउनुहुन्छ भने एउटै मात्र लगाउनुस् । धेरै ब्रासलेट लगाउँदा भद्दा देखिन सक्छ । 

See More On

सुझावित समाचार