सवारी दुर्घटनामा एकजनाको मृत्यु, एक गम्भीर घाइते

बुधबार, १९ बैशाख, २०८१
डिजिटल संस्करण

आज बिहान यहाँ सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परी मारुती भ्यानका चालक देउमाई नगरपालिका– ६ का २५ वर्षीय दीपेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगूले बताए । 

भ्यानमा सवार इलाम नगरपालिका– ५ निवासी २६ वर्षका विश्वास राई गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि झापा पठाइएको प्रहरी नायब उपरीक्षक जबेगूले जानकारी दिए।

झापाबाट इलाम आउँदै गरेको मे.१ज ३२६३ नम्बरको भ्यान मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका– ४ बाइखोरमा दुर्घटना भएको हो । भ्यान राजमार्गबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ । 

सुझावित समाचार