कालीकोट एमालेको अध्यक्षमा मल्ल विजयी

आइतबार, २५ चैत, २०८०
डिजिटल संस्करण

नेकपा एमाले कालीकोट जिल्ला कमिटीको अध्यक्षमा तुलाराम मल्ल विजयी भएका छन्। चैत २१ गतेदेखि सुरु भएको जिल्ला अधिवेशनमा सहमति नभएपछि चैत २४ गते चुनाव भएको हो।

चुनावमा मल्लले दयाराम सिंखडालाई ३२ मतले पराजित गरेका हुन्। कुल चार सय २८ प्रतिनिधि भएको अधिवेशनमा चार सय २४ मत खस्दा मल्लले दुई सय १८ र सिंखडाले एक सय ८६ मत पाए।

त्यस्तै, उपाध्यक्षमा मल्ल टिमकै टेकबहादुर बुढाले दुई सय १० र सचिवमा पुष्पराज आचार्यले दुई सय १२ मत ल्याएर विजयी भएका छन्। उपसचिवमा पुरुषतर्फ पवित्रकुमार शाही र महिलातर्फ ताराकुमारी शाही विजय भए।

निर्वाचन परिणाम आएपछि प्रतिक्रिया दिँदै मल्लले सबैको भावनालाई समेटेर अघि बढ्ने बताए। चुनावबाट धेरै सिकाइ भएकाले संगठन निर्माणमा थप सक्रिय हुने मल्लका प्रतिस्पर्धी टिमका नेता अध्यक्षका उम्मेदवार सिंखडाले बताए।

सुझावित समाचार