‘बले’लाई सम्पत्ति शुद्धीकरणमा सफाइ

मंगलबार, २० चैत, २०८०
डिजिटल संस्करण

श्रीमती सिर्जना कक्षपतिविरुद्धसमेत मुद्दा दायर भएकोमा उनले पनि सफाइ पाएकी छिन्

गुन्डागर्दी र जुवाबाट अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेका बलराम सापकोटा ‘बले’ले विशेष अदालतबाट सफाइ पाएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीसँग १७ करोड ५२ लाख ७७ हजार दुई सय ६० रुपैयाँ अवैध सम्पत्ति रहेको दाबीसहित साढे तीन वर्षअघि मुद्दा दायर गरेको थियो ।

उनकी श्रीमती सिर्जना कक्षपतिविरुद्धसमेत मुद्दा दायर भएकोमा उनले पनि सफाइ पाएकी छिन् । सिर्जनालाई दुई करोड ५८ लाख ६४ हजार सात ४४ रुपैयाँ बिगो दाबी गरिएको थियो ।

सापकोटाकाे पञ्चकन्या हाउजिङ, भेगास सिटीमा रहेका फ्ल्याट, गाडी र बैंक खातामा रहेको नगद मौज्दातको स्रोत नखुलेको भन्दै जफतको मागदाबीसहित मुद्दा दायर भएको थियो ।

See More On

सुझावित समाचार