नवलपुरमा अटो दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

बुधबार, ७ चैत, २०८०
डिजिटल संस्करण

पूर्वी नवलपरासीमा अटो दुर्घटना हुँदा एकजनाको निधन भएको छ भने दुईजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मध्यविन्दु नगरपालिका- ११ कोटथर गरगरेस्थित भित्री सडक खण्ड दमाबाट अरुणखोला आउँदै गरेको ग. प्र. ०४–००१ ह ००४ नम्बरको अटो नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो।

दुर्घटनामा मध्यविन्दु- १२ निवासी ७० वर्षीय भूपलाल अर्यालको निधन भएको छ। दुर्घटनामा गम्भीर घाइते अर्यालको उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो।

त्यसैगरी, दुर्घटनामा परी मध्यविन्दु- १० निवासी ७६ वर्षीय टीकादेवी काफ्ले, मध्यविन्दु- १२ निवासी ७० वर्षीय तोयनाथ पोख्रेल घाइते भएका छन्। उनीहरूको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ। अटोचालक प्रहरी निणन्त्रणमा छन्। निधन भएका अर्याल एमाले नवलपुरका जिल्ला कमिटी सदस्य हुन्। 

सुझावित समाचार