आगलागीमा परी तीन बालबालिकाको मृत्यु

आइतबार, ४ चैत, २०८०
डिजिटल संस्करण

भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले आगलागीमा परी एक बालिका, दुई बालकको मृत्यु भएको जानकारी दिए ।

इलाका प्रहरी कार्यालय घोरेटारबाट घटनाको जानकारी आएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएको छ । यस्तै, मोरङको रंगेली नगरपालिका–३ बाबुसाहेव टोलको सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर जलेको छ । शनिबार दिउँसो २: ३० बजेतिर सुरु भएको आगलागी नियन्त्रणमा आइसकेको इलाका प्रहरी प्रहरी कार्यालय रंगेलीका प्रहरी प्रमुख प्रहरी निरीक्षक बुद्धि चौलागााईँले जानकारी दिए । बाक्लो बस्ती रहेकाले आगलागीका कारण धेरै घरमा क्षति पुगेको उनको भनाइ छ ।

उन्नाइस घरधुरीका २५ परिवार आगलागीबाट विस्थापित भएको रंगेली नगरपालिका उपप्रमुख गोमा पराजुलीले बताइन् । कानेपोखरी गाउँपालिका, रंगेली, बेलबारी, पथरीशनिश्चरे र सुन्दरहरैँचा नगरपालिका र विराटनगर महानगरका बारुणयन्त्र, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा करिब तीन घन्टापछि आगो निभाइएको थियो ।
 

सुझावित समाचार