अनेमसंघ गुल्मीको ११औँ अधिवेशन सुरु, आजै नेतृत्व चयन

शुक्रबार, २६ माघ, २०८०
डिजिटल संस्करण

नेकपा एमालेनिकट महिलाहरूको संगठन अखिल नेपाल महिला संघ जिल्ला कमिटी गुल्मीको ११औँ अधिवेशन सुरु भएको छ। 

अधिवेशनको उद्घाटन संघकी केन्द्रीय सचिव विना ज्ञवालीले गरेकी थिइन्। अखिल नेपाल महिला संघ जिल्ला कमिटी, सचिवालय र पालिका कमिटी अध्यक्षहरूको संयुक्त भेलाले ११औँ अधिवेशन माघ २६ र २७ गर्ने निर्णय गरेको थियो।

अधिवेशनका लागि दुई सय ५० जना प्रतिनिधि छन्। नेतृत्वका लागि  पाँचजना महिला नेतृले आकांक्षा  देखाए पनि सर्वसम्मतको प्रयासमा पार्टी कमिटी रहेको एमालेका एक नेताले बताए।

अधिवेशनका लागि माघ १५ गतेसम्म सदस्यता वितरण तथा बाँकी रहेका वडा र पालिकाका अधिवेशन गर्ने निर्णय बैठकले गरेको थियो। अहिले कार्यवाहक अध्यक्ष सपना पन्थीको नेतृत्वमा अनेमसंघ रहेको छ। अधिवेशनको बन्दसत्र आज नै अगाडि बढ्ने एमाले पार्टी कार्यालयले जनाएको छ।

सुझावित समाचार