अध्यागमन अधिकृत खड्कासहित चार जेल चलान, १२ अझै फरार

मंगलबार, २३ माघ, २०८०
डिजिटल संस्करण
अध्यागमन अधिकृत खड्कासहित चार जेल चलान, १२ अझै फरार

फाइल तस्बिर ।

भिजिट भिसाको सेटिङ

भिजिट भिसाको सेटिङमा संलग्न अध्यागमन अधिकृत नरवीर खड्कासहित चारजना जेल चलान भएका छन्। संगठित अपराध र किर्ते मुद्दामा जिल्ला अदालत काठमाडौंले मंगलबार उनलाई थुनामा पठाएको हो । 

अधिकृत खड्कासहित बिचौलियाहरू अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङ जेल चलान भएका हुन्। अन्य ६ जनालाई धरौटीमा छाड्ने आदेश भएको छ। 

दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीलाई सात–सात लाख, गीता शाहलाई पाँच लाख, विनोद कार्कीलाई दुई लाख, रविन अर्याल र पदम लामालाई एक–एक लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएको छ। 

प्रहरीले सरकारी वकिलमार्फत गत साता २२ जनाविरुद्ध मुद्दा चलाएको थियो। जसमा आठजना अध्यागमन अधिकृतसहित १२ जना फरार छन्। यो मुद्दामा अध्यागमन अधिकृतहरू ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णुप्रसाद आचार्य, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो र बिचौलिया समूहका केदारबहादुर खड्का, कौशिला मगर, लक्ष्मी राई र रिता दमाईं फरार छन्।

सुझावित समाचार