लक्ष्मी पुनलाई कार्यकारी निर्देशकका रूपमा काम गर्न रोक

सोमबार, ८ माघ, २०८०
डिजिटल संस्करण

उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई तत्काल काम गर्न रोक लगाएको छ। 

कोषलाई विपक्षी बनाई भरत मरासिनीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशहरू ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले अन्तरिम आदेश जारी गरेको हो।

लक्ष्मी पुनको व्यक्तिगत विवरणमा उल्लेखित योग्यता र अनुभव नियमावलीमा उल्लिखित योग्यता र अनुभवसँग नमिलेको भन्दै उच्चले मुद्दाको अन्तिम टुंगो नलागेसम्मका लागि नियुक्तिपत्र कार्यान्वयन नगर्न नगराउन भनेको छ।

गत पुस ४ मा कोषको सञ्चालक परिषद्ले पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।

सुझावित समाचार