मिर्चैयामा पालिकाबाटै राहदानी वितरण सुरु

बिहिबार, ४ माघ, २०८०
डिजिटल संस्करण

सिराहाको मिर्चैया नगरपालिकाले बुधबारदेखि स्थानीयस्तरबाटै राहदानी (पासपोर्ट) वितरण सेवा सुरु गरेको छ। नगरप्रमुख श्रवणकुमार यादवले मिर्चैया– ६ की शर्मिलाकुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवा सुरु गरेका हुन्।

‘अब पालिकावासीले राहदानीका लागि सदरमुकाम सिराहास्थित जिल्ला प्रशासन कार्यालय पटकपटक धाउनुपर्ने बाध्यता हटेको छ,’ नगरप्रमुख यादवले भने, ‘आगामी दिनमा यसलाई अझै प्रभावकारी र चुस्त बनाउनेछौँ।’

उनका अनुसार बायोमेट्रिकबाहेक आवेदनलगायतका सम्पूर्ण काम पालिकाबाटै हुने भएको छ। स्थानीयस्तरबाट राहदानी पाउने भएपछि स्थानीय खुसी भएका छन्।

नागरिकलाई सहज होस् भनेर जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सो कार्यालयबाट प्राप्त राहदानी पालिकाबाट नै वितरण सुरु गरिएको उनले जानकारी दिए।

सुझावित समाचार