ज्यान मार्ने धम्की दिँदै १५ लाख फिरौती माग्ने तीनजना पक्राउ

बिहिबार, ४ माघ, २०८०
डिजिटल संस्करण

ज्यान मार्ने धम्की दिँदै फिरौती माग्ने तीनजना पक्राउ परेका छन्। प्रहरीले भरतपुर महानगरपालिका– २१ का २७ वर्षीय सरोज सुनार, वडा नम्बर १ का २६ वर्षीय दीपक विक र वडा नम्बर २६ का २५ वर्षीय सागर विकलाई पक्राउ गरेको हो। 

अभियुक्तहरूले रुपन्देही घर भई हाल भरतपुर महानगरपालिका– १ मा व्यापार गर्ने करन गुप्तालाई अपरिचित एनसेल नम्बरबाट फोन गरी धम्की दिँदै आएका थिए। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार उनीहरुरूलाई आपराधिक षड्यन्त्र मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको छ।
 

See More On

सुझावित समाचार