बालकुमारी झडपमा डिएसपीसहित सात प्रहरी घाइते

शुक्रबार, १३ पुष, २०८०
डिजिटल संस्करण

इपिएस परीक्षाको विषयलाई लिएर शुक्रबार ललितपुरको बालकुमारीमा भएको झडपमा डिएसपीसहित सात प्रहरी घाइते भएका छन्।

जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार डिएसपी उमेश लम्साल, प्रहरी सहायक हवल्दार सुशील सुवेदी, प्रहरी जवान निर्मलबाबु सेजुवाल घाइते भएका छन्। त्यस्तै, सशस्त्र प्रहरीतर्फ पनि चार सुरक्षाकर्मी घाइते भएका छन्।

आन्दोलनकारीले एक्कासि ढुंगा प्रहार गर्दा उनीहरू घाइते भएका ललितपुर परिसरका प्रवक्ता एसपी नवराज कार्कीले बताए। त्यसपछि प्रहरीले अश्रुग्यास प्रहार गर्दा भिडले यातायातमन्त्री प्रकाश ज्वालाको गाडी जलाएको  उनको भनाइ छ।

टियर ग्यास र रबर बुलेट प्रहार गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि थप क्षति हुनबाट जोगाउन गोली प्रहार गर्नुपरेको ललितपुर प्रहरीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

गोली लागेर अछाम, चौरपाटी– १ स्थायी घर भएका वीरेन्द्र शाहको मृत्यु भएको र भागदौडमा परी दैलेख महावु– १ का सुजन राउतको मृत्यु भएको प्रहरीले जनाएको छ।

आन्दोलन तथा तोडफोडमा संलग्न ७३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

See More On

सुझावित समाचार