तीन प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीकाे सम्भावना

बुधबार, ११ पुष, २०८०
डिजिटल संस्करण

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाइएको छ। 

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद् रोजन लामिछानेले जानकारी दिए। 

उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। अहिले काठमाडौंमा वायुको तापक्रम ११ डिग्री सेन्टिग्रेड रहेको र पारदर्शिता (भिजिबिलिटी) चार हजार पाँच सय मिटर रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ। 

यसैगरी, काठमाडौंको आज बिहानको न्यूनतम तापक्रम ७.८ डिग्री रहेको तथा आज अधिकतम तापक्रम १८ देखि २० डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् लामिछानेले बताए।  

यसैगरी आज राति कोशी र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

See More On

सुझावित समाचार