सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त

बुधबार, ४ पुष, २०८०
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले ६ जनालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गरेका छन्। बुधबार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका ६ न्यायाधीशलाई राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन्। 

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्यायपरिषद्को सिफारिसमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

सुझावित समाचार