अनि आउँछ पुरुषको व्यक्तित्वमा निखार

बिहिबार, ७ मंसिर, २०८०
डिजिटल संस्करण

महिला मात्र होइन, पुरुष पनि सुन्दर बन्न खोज्छन् । आफ्नो व्यक्तित्वमा निखार ल्याउनका लागि हामीले दैनिक जीवन शैलीमा ध्यान दिनुपर्छ । 

बडी पोस्चर
अरूको ध्यान आफूतर्फ आकर्षित गर्न र चार्मिङ बढाउन पोस्चरमा ध्यान दिनुपर्छ । यसका लागि नियमित एक्सरसाइज आवश्यक हुन्छ । बस्ने, सुत्ने, उठ्ने तरिकाले पनि सही पोस्चरमा ठूलो भूमिका निर्वाह गर्छ । धेरै मानिसले आफ्नो पोस्चरमा ध्यान दिएको देखिँदैन । जसका कारण व्यक्तित्व खराब देखिने मात्रै होइन, विभिन्न शारीरिक समस्या सामना गर्नुपर्ने हुन्छ । 

पर्याप्त निद्रा
पर्याप्त निद्राले शारीरिक र मानसिक रूपमा फाइदा पु¥याउँछ । पूरै निद्रा लियो भने बिरामी पनि परिँदैन । र, तौल नियन्त्रण गर्नसमेत सहयोग पुग्छ । पर्याप्त निद्राका कारण मधुमेह र मुटुरोगजस्ता गम्भीर स्वास्थ्य समस्याको जोखिम पनि कम हुन्छ । यति मात्र होइन, आवश्यक निद्रा लिँदा तनावमा कमी आउँछ । जसले चार्मिङ बढाउन भूमिका रहन्छ । त्यसैले, विभिन्न रोगबाट बच्न र चार्मिङ क्रिएट गर्न निद्रामा हेलचेक्र्याइँ गर्नुहुँदैन । 

खानपान
आफूलाई स्वस्थ राख्न बाहिर खाने बानी हटाउनुपर्छ । घरमा पाकेको खाँदा स्वस्थ रहन सकिन्छ । आवश्यकताअनुसार खानामा कार्बाेहाइड्रेटको मात्रा घटाई प्रोटिन र फ्याट हुने खानेकुरा खानुपर्छ । जस्तै, नट्स, सिड्स ।

See More On

सुझावित समाचार