लुम्बिनीमा दानबापत ६४ लाख ७६ हजार संकलन

बिहिबार, २३ कार्तिक, २०८०
डिजिटल संस्करण

मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट ६४ लाख ७६ हजार ९६० रुपैयाँ संकलन भएको छ।

आर्थिक वर्ष ०८०/८१ अन्तर्गत पहिलोपटक बुधबार सम्पन्न भएको दानपेटिका गणनाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ।

सोमबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण)को नेतृत्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरूको उपस्थितिमा दानपेटिका खोलिएको थियो। 

सोमबार पहिलो दिन २३ लाख ६६ हजार ४२२, मंगलबार दोस्रो दिन २१ लाख ४९ हजार ५३८ र तेस्रो दिन बुधबार १९ लाख ६१ हजार रुपैयाँ गणना भएको कोषाध्यक्ष भट्टराईले जानकारी दिए।

मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको दानको आम्दानीबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको छ।

सुझावित समाचार