इजरायलमा दिवंगत भएका चार विद्यार्थीको शव धनगढी लगियो

आइतबार, ५ कार्तिक, २०८०
डिजिटल संस्करण

इजरायलमा दिवंगत भएका चारजना नेपाली विद्यार्थीको शव धनगढी लगिएको छ । चारजना विद्यार्थीको पार्थिव शरीर नेपाली सेनाको स्काई ट्रकबाट धनगढी विमानस्थल कैलाली लगिएको नेपाली सेनाले जनाएको छ ।

दक्षिणी इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी निधन भएका १० मध्ये चार नेपाली विद्यार्थीको शव आज काठमाडौं ल्याइएको थियो । 

हमास समूहको आक्रमणमा परी निधन भएका नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दीपेशराज विष्ट र आशिष चौधरीकाे शव आज बिहान नेपाल ल्याइएको हो ।

धनगढीबाट स्थानीय प्रशासनले मृतक विद्यार्थीको घरसम्म शव पुर्याउने व्यवस्था गरेको छ । आक्रमणमा परी मृत्यु भएका बाँकी ६ नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ । 

See More On

सुझावित समाचार