नेपालीकाे उद्धारका लागि इजरायल उड्दै नेपाल एयरलाइन्सको जहाज

बुधबार, २४ असोज, २०८०
डिजिटल संस्करण
नेपालीकाे उद्धारका लागि इजरायल उड्दै नेपाल एयरलाइन्सको जहाज

उद्धारको प्रतीक्षामा इजरायलमा रहेका नेपाली ।

इजरायल–हमास द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपालीको उद्धारका लागि आज राति नेपाल एयरलाइन्सको जहाज इजरायल जानेका भएको छ।

परराष्ट्रमन्त्री एनपी साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीका अनुसार इजरायलका लागि नेपाल एयरलाइन्सको जहाज आज राति ११ बजे उड्दै छ।

प्यालेस्टिनी हमास समूहको आक्रमणपछि युद्धग्रस्त बनेको इजरायलबाट दुई सयभन्दा बढी नेपाली स्वदेश फर्किन चाहेका छन्।

विभिन्न मुलुकबाट हवाई रुट अनुमति लिनुपर्ने असहजताले उद्धारमा केही ढिलाइ भएको छ। नेपालबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको चार्टर उडान भरेर मृतकको शव तथा त्यहाँ रहेकालाई उद्धार गर्ने सरकारको तयारी छ। 

सुझावित समाचार