बाली जोगाउन थापेकाे विद्युतीय पासोमा परेर युवकको मृत्यु

आइतबार, १७ भदौ, २०८०
डिजिटल संस्करण

चितवनको माडी नगरपालिका– ३ धोबहामा विद्युतीय पासोमा परेर एकजनाको मृत्यु भएको छ।

जंगली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा परेर स्थानीय कृषक शिवनारायण महतोका २६ वर्षीय छोरा धीरन महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दीपक रिजालले जानकारी दिए।  

उनका अनुसार विद्युतीय पासोबाट करेन्ट लागेर घाइते भएका धीरनलाई शनिबार साँझ बघौडा अस्पताल माडीमा उपचारका लागि भर्ना गरिएको थियो। माडीमा चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने जंगली जनावरले माडीका बासिन्दालाई पटकपटक दुःख दिने गरेको स्थानीय बताउँछन्। रासस 

See More On

सुझावित समाचार