टस जितेर पाकिस्तानले रोज्यो ब्याटिङ, नेपाल फिल्डिङमा उत्रने

बुधबार, १३ भदौ, २०८०
डिजिटल संस्करण

एसिया कप २०२३ को उद्घाटन खेलमा नेपाल र पाकिस्तान आमने–सामने भएका छन्। पाकिस्तानको मुल्तान अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ रोजेको छ।

नेपाल केहीबेरपछि फिल्डिङका लागि उत्रनेछ। ड्राई पिच भएका कारण पहिले ब्याटिङ रोजेको पाकिस्तानी कप्तान बाबर आजमको भनाइ छ । 

यता, नेपाली कप्तान रोहितकुमार पौडेलले सन्दीप लामिछाने, ललित राजवंशी, करण केसी, सोमपाल कामीजस्ता बलरको सहयोगमा पाकिस्तानमाथि नेपालले आक्रमण गर्ने बताए।

सुझावित समाचार