आइटी क्षेत्रमा सुधार नगरी देश विकास सम्भव छैन : मन्त्री बस्नेत

आइतबार, १० भदौ, २०८०
डिजिटल संस्करण

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आइटी क्षेत्रमा उल्लेख्य सुधार नगरी देशको विकास निर्माण र उन्नति हुन नसक्ने बताएका छन्।

आइतबार ललितपुरमा एक कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संसारभर आइटी क्षेत्रमा विकास गरेका देशहरू धेरै अघि बढिरहेको उल्लेख गरे। मन्त्री बस्नेतले एउटा सामान्यभन्दा सामान्य सूचनादेखि लिएर महत्वपूर्ण सूचनाहरू एकैपटक सबैतर छर्नुपर्ने प्रविधिको विकास हुन जरुरी रहेको औँल्याए।

‘हामीले आइटीको क्षेत्रमा सुधार नगरीकन हाम्रो विकास, निर्माण, उन्नति–प्रगति सम्भव छैन। संसारभर जस–जसले यो क्षेत्रमा विकास गरेका छन्, ती देशहरू अघि बढेका छन्। हामीले पनि एउटा सामान्यभन्दा सामान्य सूचनादेखि लिएर महत्वपूर्ण सूचनाहरू एकैपटक सबैतर छर्नुपर्याे भने यो सिस्टम काम लाग्दैन,’ उनले भने।

मन्त्री बस्नेतले सबै मिलेर स्वास्थ्य क्षेत्रमा काम गरे पाँच वर्षभित्रमा देशमा स्वास्थ्य क्षेत्रमा कायापलट गर्न सकिने दाबी गरे।

See More On

सुझावित समाचार