वर्षामा कार चलाउँदा...

सोमबार, ४ भदौ, २०८०
डिजिटल संस्करण

वर्षामा खाल्डाखुल्डीमा पानी जमेर गाडी चलाउन समस्या भइरहेको हुन्छ । त्यस्तै, पानी पर्दा भिजिबिलिटी पनि कम हुन्छ । गाडी स्लिप हुने समस्या त भई नै हाल्यो । त्यही कारण ड्राइभिङ गर्दा केही कुरामा ध्यान दिनुपर्छ । 

- वर्षाको समयमा ब्रेक चिप्लिन सक्छ । त्यसकारण आफ्नो अगाडि गुडिरहेको अन्य सवारी साधनसँग उपयुक्त दूरी कायम राख्नुपर्छ ।
- कारको गति जतिसक्दो कम राख्नु नै राम्रो हुन्छ । अत्यधिक गतिका कारण गाडी खाल्डोमा पस्दा र त्यसबाट निस्कँदा कारमा क्षति हुन सक्छ । 
- वर्षाको समयमा सकेसम्म आफू अभ्यस्त भएको सडकमा मात्रै कार चलाउनुपर्छ । यसको सम्भावित समस्याबाट सुरक्षित रहन सकिन्छ ।
- वर्षामा यात्रा गर्दा हेडलाइट, इन्डिकेटरलगायतका इक्विपमेन्टमा पानी परेर बिग्रने सम्भावना हुन्छ । त्यस्तै, वाइपर ब्लेडको अवस्था दुरुस्त राख्नुपर्छ ।
- वर्षाको समयमा गाडी पार्किङ गर्दा विशेष सतर्कता अपनाउनुपर्छ । ढल वा वर्षाको पानी जम्ने स्थानमा कार पार्किङ गर्नुहुँदैन । 
- पानी जमेको स्थानमा पनि न्यून गतिमा गाडी चलाउनुपर्छ । हाई स्पिडमा गुडाउँदा जमेको पानीको प्रेसरले गाडीभित्र इलेक्ट्रिकल कम्पोनेन्ट बिग्रन सक्छ ।
- कुनै स्थानमा पानी जमेको छ भने पानी गाडीको साइलेन्सर पाइपभन्दा माथि हुने गरी लानुहुँदैन । 

See More On

सुझावित समाचार