सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंमा रहेको हटपिज रेस्ट्रो तथा हेटौँडामा हरेको रेगल हेटौँडा रिसोर्टसँग छुटसम्बन्धी समझदारी गरेको छ । बैंकले दुवै रेस्ट्रो तथा रिसोर्टसँग आफ्ना ग्राहकलाई विशेष छुट दिने समझदारीमा हस्ताक्षर गरेको हो ।
समझदारीअनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले हटपिज रेस्ट्रोमा १० प्रतिशत र रेगल हेटौँडा रिसोर्टमा १५ प्रतिशतसम्म छुट पाउने जनाइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास व्यक्त गरेको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको दाबी गरेको छ । हाल बैंकले देशभरमा एक सय ८८ शाखा, एक सय ४७ एटिएम, तीन विस्तारित काउन्टरका साथै ९७ वटा शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिँदै आएको जनाएको छ ।