प्रधानमन्त्री प्रचण्डसँग युरोपेली संघका राजदूतको भेट

मंगलबार, २३ साउन, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि युरोपेली संघका राजदूत नोना डोप्रेजले बिदाइ भेट गरेकी छिन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनीहरूबीच नेपाल र युरोपेली संघबीचको सम्बन्धलगायत विषयमा समेत छलफल भएको बताइएको छ ।     

 

See More On

सुझावित समाचार