जनमत पार्टीको केन्द्रीय समिति बैठक, सरकारमा सहभागी हुने मुख्य एजेन्डा

बिहिबार, १८ साउन, २०८०
डिजिटल संस्करण

जनमत पार्टीको केन्द्रीय समिति बैठक काठमाडौंमा बसेको छ। बिहीबार काठमाडौंमा केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समितिको बैठक एकैपटक बसेको हो।

बैठकमा सरकारमा सहभागी हुने कुरा मुख्य एजेन्डा छ। बैठकअघि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सरकारमा सहभागी हुने एजेन्डासहित बैठक बस्न लागेको बताए। 

अध्यक्ष राउतले पार्टीको बैठकमा पार्टीका विभिन्न समितिमा मनोनीत गर्नुपर्ने सदस्यहरू, विभिन्न विभाग गठनको विषयमा पनि छलफल हुने बताए । 
 

सुझावित समाचार