भुटानी शरणार्थी प्रकरणमा छुटेका तुलाधर ललितानिवास प्रकरणमा पक्राउ

आइतबार, ३१ असार, २०८०
डिजिटल संस्करण

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्त केशव तुलाधर १५ लाख रुपैयाँ धरौटीमा छुटेलगत्तै ललितानिवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई जिल्ला अदालत काठमाडौं परिसरबाटै नियन्त्रणमा लिएको छ । 

ललितानिवास परिसरको जग्गा उनको नाममा समेत भएकाले नियन्त्रणमा लिइएको सिआइबीका एसएसपी दिनेश आचार्यले बताए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई बुधबार पक्राउ गरेको थियो । 

जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले थुनछेक बहसपछि उनीसँग १५ लाख धरौटी माग्ने आदेश भएपछि धरौटी बुझाएर उनी छुटेका थिए ।  

तुलाधर न्युरोडको देगा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन् । सो मुद्दाका प्रमुख अभियुक्तमध्ये एक सन्देश शर्मालाई उनले आर्थिक कारोबारमा सघाएका थिए। 

शर्माले विभिन्न व्यक्तिमार्फत महर्जनको सहकारीमार्फत लेनदेन गरेका थिए। ललितानिवास प्रकरणमा पनि उनको संलग्नता रहेको प्रहरीको दाबी छ ।

सुझावित समाचार