खोलाले बगाएर एकको मृत्यु

शुक्रबार, २९ असार, २०८०
डिजिटल संस्करण

दैलेख सदरमुकाम दैलेख बजारबाट घरतर्फ जाँदै गरेका नौमूले गाउँपालिका– ८ चौराठाका लक्ष्मी रिमालको खोलाले बगाएर मृत्यु भएको छ । बिहीबार साँझ नारायण नगरपालिका– ७ बिजौराबाट घर जाने क्रममा चिप्लिएर झिल्के खोलामा खसेको र खोलाले बगाएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । 

घटना भएको जानकारी प्राप्त भएसँगै अस्थायी प्रहरी पोस्ट लोहोरेबाट खटिएको प्रहरीले खोजी गर्दा करिब आठ किलोमिटर तल शव फेला पारेको थियो । घटनाको थप अनुसन्धान गर्नुपर्ने माग आफन्तहरूले गरेका छन् । प्रहरीले थप अनुसन्धानको काम सुरु गरेको छ । 

नेपाली सेनामा भर्ती भएका छोरालाई पुर्याउन दैलेख बजार आएका र दैलेख बजारबाट फर्किँदा उक्त घटना भएको बताइएको छ । कसैले नियतवश उनलाई खोलामा धकेलेको हुन सक्ने परिवारले आशंका गरेका छन् । 

सुझावित समाचार