ललितानिवास प्रकरणमा थप दुई पक्राउ

मंगलबार, २६ असार, २०८०
डिजिटल संस्करण

ललितानिवास जग्गा हिनामिनामा संलग्न थप दुईजना कर्मचारी पक्राउ परेका छन्। सिआइबीले मंगलबार योगराज पौडेल र नारायणदत्त मिश्रलाई पक्राउ गरेको हो ।

उनीहरू ०४९ सालमा एक सय १२ रोपनी जग्गा हिनामिनामा संलग्न रहेको सिआइबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए। पौडेल त्यतिवेला डिल्लीबजार मालपोतका नासु तथा मिश्र खरिदार थिए। यससँगै यो प्रकरणमा पक्राउ पर्नेकाे संख्या १४ पुगेको छ । 

सुझावित समाचार