काठमाडौं महानगरपालिकाअन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीका लागि वितरण गर्ने छात्रवृत्तिका लागि विद्यार्थी छनोट अब काठमाडौं महानगरपालिकाले गर्ने भएको छ ।
काठमाडौं महानगरका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत सूचना सम्प्रेषण गर्दै शैक्षिक सत्र ०८०/८१ देखि महानगर आफैँले छात्रवृत्तिसम्बन्धी प्रवेश परीक्षा गर्ने जनाएका हुन् ।
उनले काठमाडौं महानगरपालिका शिक्षा ऐन, ०७५ तथा शिक्षा नियमावली, ०७४ मा व्यवस्था भएबमोजिम छात्रवित्तृसम्बन्धी परीक्षा आफैँ सञ्चालन गरी सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेनदार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिबलगायत छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति प्रदान गरिने बताएका छन् ।