वित्तीय साक्षरता बढाउन आवश्यक : विराजभक्त श्रेष्ठ

आइतबार, १७ असार, २०८०
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले जनस्तरमा वित्तिय साक्षरता बढाउनुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वित्तिय साक्षरता बढाउनुपर्नेमा जोड दिए। राजनीतिक दलका नेता र प्रहरीकै संरक्षणमा मिटरब्याज चलिरहेको उल्लेख गर्दै उनले कारबाहीले मात्र परिवर्तन नहुने भएकाले वित्तिय साक्षरता बढाउनुपर्ने बताए।

‘स्थापित राजनीतिक दलकै नेताहरुको संरक्षणमा मिटरब्याज चलिरहेको भन्ने छ । म सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु । प्रहरीको उच्च पदस्थ कर्मचारीहरुकै संलग्नता छ भन्ने बजारमा सुन्छौँ । यसको लागि वित्तीय शिक्षामा हामीले सुधार गर्नुपर्छ जस्तो लाग्छ । वित्तीय साक्षरता बढाउनुपर्छ जस्तो लाग्छ । बित्तिय पहुँचको जनचेतना पनि आवश्यक छ,’ श्रेष्ठले भने।

सांसद श्रेष्ठले उत्पादनमा आधारित सहज कर्जा प्रवद्र्धनका लागि नीति ल्याउनुपर्नेमा जोड दिए। उनले भने, ‘कारबाही मात्र समाजलाई सुधार्ने सुचकांक होइन । उत्पादनमा आधारित सहज कर्जा प्रवद्र्धन गर्न पनि हामीले नीति ल्याउन सक्नुपर्छ।’

सुझावित समाचार