घरलाई प्राकृतिक रूपले सिँगार्नुस्

आइतबार, १७ असार, २०८०
डिजिटल संस्करण

- जीवनभर गरेको मिहिनेतको फल मानिसले घर बनाउन खर्च गरिरहेका हुन्छन् । कतिपयको सपना विलासी घर बनाउनुपर्छ भन्ने हुन्छ । तर, धेरै खर्च गर्दैमा राम्रो घर बन्छ भन्ने भ्रमबाट मुक्त रहन जरुरी छ ।

- तपाईंले आफ्नो घरलाई विलासी होइन, प्रकृतिमैत्री बनाउन जरुरी छ । यसका लागि घरवरपरको वातावरण हरियाली हुनुपर्छ । 

- तपाईंले घरमा सानो बगैँचा बनाउन सक्नुहुन्छ । पर्याप्त स्पेस छैन भने कोठामै गमलामा बिरुवा रोेप्न सकिन्छ । यसले पर्याप्त अक्सिजन प्रवाह गर्छ । 

- घरका कोठामा प्राकृतिक रूपमै प्रकाश आउन जरुरी छ । यस्तो प्रकाशले घरलाई सधैँ उज्यालो राख्छ । महँगा कृत्रिम बत्ती जडान गरेर मात्रै घर सुन्दर हुँदैन । 

- घरको फ्लोरिङ राम्रो हुनुपर्छ । घरको फ्लोरिङ राम्रो बनाउन तपाईंले स्थानीयस्तरमा उत्पादित सामग्रीको प्रयोग गर्न सक्नुहुन्छ । भुइँमा काठ वा बाँस बिछ्याउन सकिन्छ । यसले तपाईंको घरलाई पर्यावरणमैत्री बनाउँछ । 

- घरको छतमा बिरुवाहरू रोप्न सकिन्छ । कौसीखेती गर्दा घरमा हरियाली देखिन्छ । त्यस्तै, ताजा सागसब्जी तथा फलफूलको मज्जा पनि लिन सकिन्छ । 

See More On

सुझावित समाचार