पृथ्वी राजमार्गमा माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलचालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देहीको कन्चनजंगा नगरपालिका–१ का ३६ वर्षीय हेमन्त कुमाल रहेका छन्।
बुटवलबाट काठमाडौं जाँदै गरेको बा ३ ख ९४६० नम्बरको माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको लु ९३ प ९४६ नम्बरको मोटरसाइकल इच्छाकामना गाउँपालिका–४ केवलकार नजिक आज दिउँसो एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा घाइते भएका कुमालको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको थियो। रासस