विराटनगर महानगरको बजेट तीन अर्ब २८ करोड

आइतबार, १० असार, २०८०
डिजिटल संस्करण

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तीन अर्ब २८ करोड ५० लाखबराबरको बजेट प्रस्तुत गरेको छ। 

आइतबार विराटनगर महानगरको १२औँ नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि कुल तीन अर्ब २८ करोड ५० लाखबराबरको अनुमानित बजट प्रस्तुत गरेकी हुन्। 

विराटनगरले चालू आर्थिक वर्ष ०७९/८० का लागि कुल तीन अर्ब ६३ करोडबराबरको बजेट प्रस्तुत गरेको थियो। 

आगामी आर्थिक वर्ष ०८०/८१ का लागि प्रस्तुत भएको बजेटमा चालू खर्चतर्फ एक अर्ब ५१ करोड ८३ लाख २५ हजार र पुँजीगततर्फ एक अर्ब ७१ करोड ६६ लाख ७५ हजार विनियोजन प्रस्ताव गरिएको छ। यसैगरी वित्तीय व्यवस्थापनतर्फ ५० लाख रुपैयाँ विनियोजन प्रस्ताव गरिएको छ। 
 

सुझावित समाचार