अब वीर अस्पतालमा ७५० जनरल बेड निःशुल्क

शुक्रबार, ८ असार, २०८०
डिजिटल संस्करण

वीर अस्पतालले सात सय ५०  वटा जनरल बेडलाई निःशुल्क गराएको छ। शुक्रबार बसेको कार्यकारी परिषद्को बैठकले सात सय ५० जनरल बेड निःशुल्क गर्ने निर्णय गरेको हो।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले पनि बेड निःशुल्क गर्न निर्देशन दिएका थिए।

यसअघि प्रतिदिन दुई सय रुपैयाँ तिर्दै आएका बिरामीले अब सात सय ५० वटा जनरल बेडमा कुनै शुल्क तिर्न नपर्ने न्याम्सका नवनियुक्त उपकुलपति डा. भूपेन्द्र बस्नेतले जानकारी दिए। उनका अनुसार वीरको कुल बेडसंख्या नाै सय ६० हो। 

सुझावित समाचार