- बिरुवालाई सधैँ हराभरा राख्नका लागि समय–समयमा यसको गोडमेल गर्नुपर्छ । गमलामा रहेको माटोलाई गोड्नुस् र त्यसमा पानी हाल्नुस् । यस्तो गर्दा ओइलाएका बिरुवा फेरि मुर्झाउन थाल्छन् ।
- गमलामा सधैँ राम्रो गुणस्तरको माटो र मल हाल्नुपर्छ । जसकारण, बिरुवा राम्ररी फक्रन पाओस् । तपाईंले नर्सरीमा बिरुवा खरिद गर्दा कस्तो माटोमा उक्त बिरुवा फस्टाउँछ भन्नेबारे पनि जानकारी लिन जरुरी छ ।
- जसरी मानिसलाई जीवित रहन आहार चाहिन्छ, त्यसरी नै बिरुवालाई पानी अत्यावश्यक छ । साँझ–बिहान पानी हाल्न नबिर्सनुस् ।
- समय–समयमा बिरुवालाई काटछाँट गर्न पनि आवश्यक छ । कुनै बिरुवा गर्मी त कुनै बिरुवा चिसो हावाका कारण ओइलाउँछन् । त्यसरी ओइलाएर सुकेका पातलाई काटछाँट गर्नुपर्छ । किनकि, ओइलाएर सुकेका पातले पनि बिरुवाबाट पोषण लिइरहेका हुन्छन् । त्यसको काटछाँट गर्नुभएन भने हरियो पातलाई पनि पोषण अभाव हुन्छ र सुक्न थाल्छ ।