इप्पान चुनाव : उपमहासचिवमा दुलाल र कोषाध्यक्षमा पन्त निर्विरोध

बुधबार, ३१ जेठ, २०८०
डिजिटल संस्करण

 स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमितिमा उपमहासचिवमा प्रकाशकुमार दुलाल र कोषाध्यक्षमा नरेन्द्रबल्लभ पन्तसहित पाँचजना निर्विरोध निर्वाचित भएका छन् । 

महिला सदस्यमा ईशा श्रेष्ठ, सदस्यमा सुसन कर्माचार्य र सुमन जोशी पनि निर्विरोध चयन भएका हुन् । इप्पानको नयाँ कार्यसमितिका लागि बुधबार मंगलबार मनोनयन दर्ता भएको थियो । त्यसमा उनीहरूका विरुद्ध कुनै पनि उम्मेदवारी नपरेको हो । यस्तै, अध्यक्षमा गणेश कार्की र किरण मल्लले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी र सूर्यप्रसाद अधिकारीले उम्मेदवारी दिएका छन् । यसैगरी, महासचिवमा बलराम खतिवडा र विनोद देवकोटाको उम्मेदवारी परेको इप्पानले जानकारी दिएको छ । 

पाँचजना उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ । जसमा भरतबहादुर खत्री, आशिष गर्ग, आनन्द चौधरी, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, वीरेन्द्र मल्ल र दीपेन्द्रबहादुर बमको उम्मेदवारी परेको छ ।पाँचजना सचिवका लागि ६ जनाको उम्मेदवारी परेको छ । सचिवमा भरत नेपाल, भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल, हिम पाठक र नारायण कँडेलको उम्मेदवारी परेको छ ।सातजना खुला सदस्यहरूका लागि १४ जनाको उम्मेदवारी परेको छ । 

See More On

सुझावित समाचार