यात्रामा निस्कँदा यस्तो तयारी

मंगलबार, ३० जेठ, २०८०
डिजिटल संस्करण

मानिसको चाहना फरक–फरक हुन्छ । कसैलाई सांस्कृतिक त कसैलाई साहसिक गतिविधि मन पर्छ । साहसिक यात्रामा जंगल सफारी, पदयात्रा, प्याराग्लाइडिङ, जिपलाइन, ट्रेल, गुफा जान सकिन्छ । जहाँसुकै घुम्न गए पनि लामो यात्राको योजना बनाउँदा केही कुरालाई भने ख्याल गर्नुपर्ने हुन्छ । 
- गन्तव्यस्थलको छनोट गर्ने । 
- आफू जान लागेको गन्तव्यस्थलको पूर्वतयारीसहितको योजना बनाउने । 
- गन्तव्यस्थलमा खाना, वासको सुविधा भए/नभएको स्थितिबारे जानकारी लिने । 
- बाटोघाटोको अवस्थाबारे जानकारी लिने । 
- आफू कुन क्षेत्रमा जान लागेको हो, के–के गतिविधि गर्ने हो, त्यसका लागि बजेट आकलन गर्ने । 
- छावा नछिर्ने ज्याकेटसँगै पन्जा र टोपी लगाउने, नत्र चिसोले समाउन सक्छ । 
- ड्राई फ्रुट, प्राथमिक उपचारको किट बोक्ने ।
- स्वास्थ्यवद्र्धक खानपानमा जोड दिने । 
- जथाभावी प्लास्टिकलगायतका फोहोर नफाल्ने । 
- यात्रामा निस्कँदा दिगो पर्यटनका अभ्यास र उत्तरदायी पर्यटनका व्यवहार के हुन् भन्ने कुरालाई ध्यान दिने ।

See More On

सुझावित समाचार