आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले सरकारले आर्थिक विधेयकमा गरेका विशेष व्यवस्था स्वेछिच्क भएको बताएका छन्।
सोमबार आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) र विभागले संयुक्त रूपमा आयोजना गरेको ‘परिवर्तित कर नीतिः भ्रम र यथार्थ’ विषयक अन्तर्क्रियामा मैनालीले यस्तो बताएका हुन्। उनले आर्थिक विधेयकमा व्यवस्था गरेका छुट सुविधाहरू लिन करदातालाई भनेको, तर बाध्यकारी नभएको प्रस्ट पारे। अहिले आएको आर्थिक विधेयकमा आर्थिक ऐनका व्यवस्थाहरूमा केही पनि परिवर्तन नभएको उनको भनाइ छ।
सरकारलाई राजस्वको चाप रहेकाले बढी आय भएकाहरूलाई आय करमा वृद्धि गरिएको महानिर्देशक मैनालीले बताए। सरकारले ५० लाखभन्दा बढी आम्दानी भएकालाई ३० प्रतिशत आयकर व्यवस्था गरेको उनले जानकारी दिए। राजस्व संकलनमा सहजता भएसँगै यसलाई घटाइने उनको भनाइ छ।