रासायनिक मलमा ३० अर्ब रुपैयाँ अनुदान

सोमबार, १५ जेठ, २०८०
डिजिटल संस्करण

सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ मा रासायनिक मल खरिदका लागि ३० अर्ब रुपैयाँ अनुदान प्रवाह गर्ने भएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले संयुक्त सदनमा पेस गरेको बजेटमा सो कुरा जानकारी दिएका हुन्। त्यस्तै, रासायनिक मल कारखाना स्थापनाका लागि आवश्यक अध्ययन गर्ने पनि अर्थमन्त्री महतले जानकारी दिएका छन्।
 

सुझावित समाचार