भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति बनाउन रास्वपाको माग

बुधबार, १० जेठ, २०८०
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गरेको छ ।

बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गरेका हुन् ।

उनले अहिले भइरहेको छानबिनले जनताले चाहेजस्तो नतिजा दिन नसक्ने भन्दै छानबिनका लागि संसद्ले विशेष समिति बनाउनुपर्ने बताए । उनले यस प्रकरणमा नाम आएकाहरू सबैसँग सोधपुछ नभएको भन्दै आपत्ति जनाए । उनले नाम मुछिएकाहरू सबैसँग बयान लिन पनि माग गरे । 

उनले प्रकरणमा नाम मुछिएकाहरूलाई छानबिन गर्न सरकारले खुट्टा कमाएको भन्दै खुट्टा नकमाउन आग्रह गरे ।

See More On

सुझावित समाचार