प्रतिपक्षले सदनमा उठाएका कुरालाई सरकारले गम्भीरतापूर्वक सुन्नुपर्छ : देवेन्द्र पाैडेल

सोमबार, ८ जेठ, २०८०
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नीति तथा कार्यक्रममाथि प्रतिपक्षले संसदमा उठाएका कुरालाई सरकारले गम्भीरतापूर्वक सुन्नुपर्ने बताएका छन्।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पौडेलले प्रतिपक्षले संसदमा उठाएका कुरालाई सरकारले गम्भीरतापूर्वक सुन्नुपर्ने बताएका हुन्। ठीक आलोचनाहरूलाई सुन्ने र पूर्वाग्रह राखेका कुराहरूलाई खण्डन गर्नुपर्नेमा उनले जोड दिए। सत्तापक्षलाई प्रतिपक्षको खबरदारी आवश्यक रहेको उनको भनाइ छ।

‘प्रतिपक्षले सदनमा उठाएका कुराहरूलाई सरकारले गम्भीरतापूर्वक सुन्नुपर्छ। ठीक ठाउँमा उठाएका आलोचनालाई लोकतान्त्रिक प्रणालीअनुरूप ठीक ठाउँमा सुनिनु पनि लोकतन्त्रको सुन्दर तरिका हो। पूर्वाग्रह राखेर उठाइएको छ भने खण्डन गर्ने हो,’ पाैडेलले भने, ‘सदनको बहस आलोचनाको निम्ति आलोचनाभन्दा पनि परिणामको निम्ति बहसको रूपमा अगाडि बढाउनु जरुरी छ।’

सुझावित समाचार