सरकारले जग्गाको कारोबार मूल्यलाई नियन्त्रण गर्ने नीति लिने भएको छ ।
सरकारले आगामी आर्थिक वर्ष ०८०–८१ का लागि ल्याएको नीति तथा कार्यक्रममा आगामी वर्षदेखि जग्गाको कारोबार मूल्यलाई नियन्त्रण गर्ने नीति लिइने उल्लेख छ ।
आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षदेखि जग्गाको कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउने घोषणा गरे ।
नीति तथा कार्यक्रममा जग्गाको कारोबारलाई थप व्यवस्थित र पारदर्शी बनाउने तथा भाडामा उपलब्ध गराइएका जग्गाको प्रयोग उद्देश्यअनुरूप भए–नभएकोसमेत अनुगमन गरिने उल्लेख छ ।