विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था गरिने

सरकारको नीति तथा कार्यक्रम

शुक्रबार, ५ जेठ, २०८०
डिजिटल संस्करण

सरकारले वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका नेपालीले पनि निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने घोषणा गरेको छ । 

आगामी आर्थिक वर्ष ०८०/८१ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ । 

संसद्को संयुक्त बैठकमा नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने, ‘विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिनेछ ।’

सुझावित समाचार