रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति

सोमबार, १ जेठ, २०८०
डिजिटल संस्करण

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परेका नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धानका लागि प्रहरीले तीन दिन हिरासतमा राख्न अनुमति पाएको छ।

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। पक्राउ पुर्जी जारी भएको ११औँ दिनमा रायमाझीलाई प्रहरीले आइतबार साँझ काठमाडौंबाट पक्राउ गरेको थियो।

सुझावित समाचार