रास्वपा सभापति रवि लामिछानेका गाडीचालक दिलबहादुर थापा ‘शम्भु’को उपचार क्रममा निधन भएको छ।
गत ४ गते चितवनस्थित एक घरको छतबाट लडेर सख्त घाइते भएका थापाको मंगलबार दिउँसो १ः३५ बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालकी सञ्चार संयोजक मनिता पोखरेलले बताएकी हुन्।
घरको छतबाट खसेर गम्भीर घाइते भएका थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचारपछि मेडिसिटी ल्याइएको थियो।
भरतपुरमा झन्डै ३६ घण्टा सघन उपचार कक्षमा राखेर उपचार गरेपछि थप उपचारका ५ वैशाखमा उनलाई नेपाली सेनाको हेलिकाेप्टरबाट काठमाडौं ल्याइएको थियो । गम्भीर अवस्थामा नेपाल मेडिसिटी पुर्याइएका उनको मंगलबार निधन भएको अस्पतालले जनाएको हो।
थापा सिन्धुपाल्चोकको बाह्रबिसे—३ का स्थायी वासिन्दा हुन्।